नेपाल सरकार
कृषि विकास मन्त्रालय

कृषि बिभाग

तरकारी विकास निर्देशनालय

खुमलटार ललितपुर

राष्ट्रिय मसला वाली विकास कार्यक्रम, खुमलटार

परिचय

                मसला बालीहरूले समग्र राष्ट्रको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेलेको छ । प्रमुख निर्यातयोग्य नगदे बाली अलैंची, अदुवा यसै मसला बाली समूहमा पर्दछन् । मसला बालीको विकासलाई अघि बढाउन आवश्यक पर्ने पूर्वाधार र प्रविधि विकासका लागि महŒवपूर्ण कार्यहरूको थालनी आ.व.२०३२/३३ कृषि वर्षदेखि योजनाबद्ध रूपमा भयो । यसै आ.व.मा इलामको फिक्कलमा अलैंची विकास आयोजनाको स्थापना र वि.सं.२०३४ सालमा पोखरामा अदुवा अनुसन्धान केन्द्रको स्थापना गरियो । विकासको क्रमको प्रक्रीयामा केन्द्रिय स्तरमा मसलालाई बाली विशेष कार्यक्रमको रूपमा लैजान वि.सं. २०४८ सालमा भएको प्रशासनिक संरचना सुधार अन्तर्गत २०४९ साल श्रावण १ गते केन्द्रीय स्तरको अलैंची तथा सुठो विकास कार्यक्रम र २०५२ सालमा भएको सांगठनिक हेरफेरमा यसलाई सुठो तथा अलैंची विकास शाखा नामाकरण गरियो । पुनः नेपाल सरकारको मिति २०६०/८/४ को निर्णय बमोजिम कृषि तथा सहकारी मन्त्रालयको संगठन संरचना स्वीकृत हुँदा राष्ट्रिय मसला बाली विकास कार्यक्रमको रूपमा स्थापना गरियो ।

                High Value Cash Crops को रूपमा अलैंची, अदुवा र अन्य मसला बालीमा बेसार, लसुन, खुर्सानीको विकास र विस्तारको लागि समन्वयको जिम्मा राष्ट्रिय मसला बाली विकास कार्यक्रमले लिएको छ । जीरा, मरीच, धनिया, सौंफ, ज्वानो जस्ता बालीको उपभोगमा वृद्धि भएको कारणले ठूलो परिमाणमा हुने मसला बालीको आयात प्रतिस्थापन गर्ने उद्देश्यले यी बालीहरूको व्यवसायिक खेती गर्न संभाव्यता अध्ययन गरी पकेट छनौट कार्यको पनि दशौं योजनाबाट थालनी भएको छ ।

कार्यक्रमको उद्देश्य

  • मसला बालीको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने ।
  • मसला खेतीबाट कृषकहरूको आर्थिक स्थितिमा सुधार ल्याई जीवनस्तर उकासी गरिबी निवारण
  • गर्ने ।
  • देशको आन्तरिक माग आपूर्ति गरी मसला बालीमा आत्म निर्भरता बढाउने ।
  • निर्यात प्रवद्र्धन गरी विदेशी मुद्रा आर्जन बढाउने ।
  • मसला बाली विकासको लागि कार्यक्रमहरू तर्जुमा एवं कार्यान्वयन गर्ने ।
  • खेती विस्तारका लागि संभाव्यता अध्ययन सर्वेक्षण गर्ने ।
  • गुणस्तरीय बीउ तथा बिरूवा उत्पादन र वितरणमा सेवा टेवा पु¥याउने ।
  • उत्पादन प्रशोधन, बाली संरक्षण, भण्डारण र प्रयोग प्रविधिहरू कृषकहरू समक्ष पु¥याउने ।
  • प्रशोधन प्रविधिको विकास तथा निर्यातको अवसर बढाउन विभिन्न सरकारी, गैरसरकारी निकायहरूस“ग समन्वय गर्ने ।
  • अलैंची रोग व्यवस्थापन तथा नर्सरी स्थापना कार्यक्रमको कार्यक्रम तथा बजेट तर्जुमा, कार्यान्वयन तथा अनुगमन निरिक्षण गर्ने ।

 

फोन नम्बर : ५५२१६१९

इमेल : nscdpkhumal@gmail.com

कार्यालय प्रमुख: डा. नरहरी प्रसाद घिमिरे

मोबाइल नम्बर : ९८५११५३६८९

सम्पर्क ब्यक्ति: राजेन्द्र नाथ अधिकारी

मोबाइल नम्बर :९८४१८५७८०३

साइटम्याप


महत्वपूर्ण लिंक्सहरु


Contact US


Ministry of Agricultural Development

तरकारी बिकास निर्देशनलय
खुमलटार ललितपुर
फोन : ०१-५५२३७०१,०१-५५४०९९३
फ्याक्स : ९७७-१-०१५५४०९९३
इमेल : info@vdd.gov.np
vdd.gov.np@gmail.com

© Vegetable Development Directorate
Audio Notice Board No : 1618-5523701
Toll Free Number : 1660-01-55551