नेपाल सरकार
कृषि विकास मन्त्रालय

कृषि बिभाग

तरकारी विकास निर्देशनालय

खुमलटार ललितपुर

तरकारी जर्मप्लाज्म संकलन तथा तरकारी वीउ उत्पादन केन्द्र, डडेलधुरा

परिचय

                वि.सं. २०४३ साल पुषमा स्थापना भएको यस केन्द्रले डडेल्धुरा जिल्लाको बीचोबीच भएर गएको महेन्द्रनगर–धनगढी, धनगढी–डडेल्धुरा भीममार्ग, डडेल्धुरा–बैतडी (दशरथ मार्ग), बैतडी–दार्चुला, बैतडी–बझाङ्ग (जयपृथ्वी बहादुर सिंह मार्ग), डडेल्धुरा–डोटी–अछाम राजमार्गको मध्यबाट यस क्षेत्रको तरकारी खेतीको विकासमा महत्वपूर्ण योगदान दिएको छ । केन्द्रले विभिन्न तरकारी बालीका विभिन्न जातहरूको बीउ/बेर्ना उत्पादन तथा वितरणका साथै जातिय सम्वद्र्धन, परिक्षण, तालिम कार्यक्रम, प्रदर्शन, जर्मप्लाज्म संकलन, बाह्य सेवा कार्यक्रम र कृषक स्तरमा बीउ तथा ताजा तरकारी उत्पादन कार्यमा सहयोग पु¥याउंदै आएको छ ।

      २०६१ बैशाख देखि लागू भएको नयां विभागीय संरचना अनुसार यस केन्द्रको नाम तरकारी जर्मप्लाज्म सम्वद्र्धन तथा तरकारी बीउ उत्पादन केन्द्र, डडेल्धुरा रहन गएको छ । यस केन्द्रको प्राविधिक, आर्थिक एवं प्रशासनिक कार्य तरकारी विकास निर्देशनालयको मातहतमा रहेको छ ।

उद्देश्य

  • विभिन्न तरकारीका स्थानीय जात संकलन, अध्ययन, सुधार तथा विकास गर्ने र उन्नत जातका तरकारी बीउ बारे परिक्षणहरू गर्ने ।
  • उपयुक्त, तरकारीको मूल बीउ उत्पादन गरी केन्द्रको प्रभाव क्षेत्रमा निजीस्तरमा व्यवसायिक बीउ उत्पादन गर्ने कार्यक्रम संचालन गर्ने ।
  • स्थानीय कृषकहरूको तरकारीमा भएका समस्याहरुको अध्ययन परीक्षण संचालन गर्ने तथा उपयुक्त प्रविधिको विकास गर्ने ।
  • प्रभाव क्षेत्रमा तरकारी प्रविधि प्रसारमा काम गर्ने प्राविधिकहरूलाई र स्थानीय कृषकहरूलाई तरकारी प्रसारमा प्राविधिक मद्दत दिने तथा तालिमको व्यवस्था गर्ने ।
  • सुदूर–पश्चिमाञ्चल क्षेत्रको ताजा तरकारी र तरकारी बीउ उत्पादनको लागि मुख्य सेवा केन्द्रको रूपमा काम गर्ने ।
  • केन्द्रको प्रभाव क्षेत्रमा तरकारी बीउ र ताजा तरकारी उत्पादन पकेटको विकास गरी स्थानीय आवश्यकता पूरा गर्न काम गर्ने ।
  • विभिन्न किसिमको तरकारी बीउ÷बेर्ना उत्पादन गरी कृषकहरूलाई सहुलियत मुल्यमा बिक्री गर्ने ।

केन्द्रको भौगोलिक स्थिति

                यो केन्द्र सुदूर पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत महाकाली अञ्चल, डडेल्धुरा जिल्लाको सदरमुकाम देखि ३.५ कोश दक्षिण अमरगढी नगरपालिका वार्ड नं. ३ महाभारत पर्वतको उत्तरी कोखमा अवस्थित छ ।  उत्तरी मोहडा परेको यस केन्द्रको उचाई समुद्री सतहबाट १६१० मिटर रहेको छ ।

हावापानी

                केन्द्रको हावापानी लेकाली ९ध्बचm त्झउभचबतभ० किसिमको छ । अधिकतम तापक्रम २७ डि.से. र न्यूनतम तापक्रम–३ डि.से पुग्छ । वर्ष भरीको सालाखाला वर्षा १५०० देखि १७०० मि.मि.सम्म हुन्छ । आषाढ देखि भाद्र सम्म अत्यधिक वर्षा हुन्छ । सुख्खा समय फाल्गुण देखि बैशाख र मंसिर देखि माघसम्म अति नै जाडो हुन्छ । कार्तिक देखि फाल्गुणसम्म तुषारो परिरहने र तापक्रम कम हुने भएकोले तरकारीका बेर्ना उम्रिन ढिलाई हुन जान्छ । यस भेगमा चैत्र देखि आषाढसम्म अत्यधिक असिना पर्ने भएकोले तरकारी बीउ उत्पादनमा ठूलो क्षति पु¥याउंछ ।

माटो

                यहांको माटो चिम्ट्याइलो दोमट र बलौटे दोमट किसिमको ५ देखि ६.५ सम्म पि.एच.मान भएको छ । उर्वराशक्ति ह्रास भएको कारणबाट रसायनिक मलको जोडले मात्र उत्पादन लिन सकिरहेको छ ।

सिंचाई

                केन्द्रमा सिंचाई डोटी खोलाबाट ल्याइएको तल्लो कूला (काठे, बा“ध, विगत २०५६÷५७ मा ल्क्ष्क्ए कार्यक्रमबाट पक्की भईसकेको) बाट गर्ने गरिएको छ । उक्त कूलोले केन्द्रको करीब २०–२५ रोपनी मात्र सिंचाई हुन सक्छ भने माथिल्लो कूलोले अस्थायी रूपमा २०–२५ रोपनी मात्र सिंचाई हुन सक्ने तर बेला–बेलामा भत्किई अवरूद्ध हुने र केन्द्रकै प्रयासबाट करीब २ कि.मि. लामो कूलो प्रत्येक वर्ष मर्मत गर्न असजिलो भएकोले सुख्खा समयमा पानीको अभावले विरूवा मर्न सक्ने सम्भावना हुन्छ ।

 

क्षेत्रफल र भू–उपयोग

                यस केन्द्रको कूल क्षेत्रफल ८६ रोपनी ५ आना १ पैसा ३ दाम छ जसमध्ये भू–उपयोग यस प्रकार भएको छ

सिमसार क्षेत्र         २० रोपनी

पाखो जग्गा         १५ रोपनी

खेतीयोग्य जमिन     ४६ रोपनी

कार्यालय भवन, आवास भवन कूलो आदि       ५ रोपनी

कुल जम्मा ८६ रोपनी


 

फोन नम्बर : ०९६-४२०१७५

इमेल : vspc.tarkari@gmail.com

कार्यालय प्रमुख: दील बहादुर विष्ट

मोबाइल नम्बर : ९८४८८०२३९९

सम्पर्क ब्यक्ति: तारी सीह ठकुरी

मोबाइल नम्बर : ९८४८७२८०८७

 

कार्यसम्पादन सम्झौता

साइटम्याप


महत्वपूर्ण लिंक्सहरु


Contact US


Ministry of Agricultural Development

तरकारी बिकास निर्देशनलय
खुमलटार ललितपुर
फोन : ०१-५५२३७०१,०१-५५४०९९३
फ्याक्स : ९७७-१-०१५५४०९९३
इमेल : info@vdd.gov.np
vdd.gov.np@gmail.com

© Vegetable Development Directorate
Audio Notice Board No : 1618-5523701
Toll Free Number : 1660-01-55551