नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि बिभाग

राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्र

खुमलटार ललितपुर

शितोष्ण तरकारी वीउ उत्पादन केन्द्र, डोल्पा

परिचय

                वि.सं.२०३२ सालमा बागवानी फार्म मार्फा, मुस्ताङ्गको मातहतमा सञ्चालन हुने गरी नर्सरी उपकेन्द्र, डोल्पाको नाममा डोल्पा जिल्लामा यस केन्द्रको स्थापना भएको थियो । जब बागवानी फार्म मार्फा वि.सं.२०५२ साल श्रावण महिना देखि राष्ट्रिय कृषि अनुसन्धान परिषद्बाट हटाई कृषि विभागलाई हस्तान्तरण भयो त्यही समयबाट बागवानी फार्म मार्फाको नर्सरी उपकेन्द्रको रूपमा रहेको यस केन्द्रलाई पनि बागवानी केन्द्र डोल्पाको नामबाट नया“ कार्यालयको रूपमा स्थापना गरियो र सोही समय देखि यस केन्द्रले स्वतन्त्र रूपमा आङ्खनो कार्यक्रमहरू संचालन गर्दै आएको छ । वि.सं. २०२३ सालमा पश्चिम तथा मध्य पश्चिमको दुर्गम उच्च हिमाली जिल्लाहरूमा बागवानी विकासको कार्यक्रम प्रभावकारी रूपमा सञ्चालनगरी निम्न आय भएका स्थानीय कृषकहरूको जीवन स्तरमा सुधार गर्ने उद्देश्य लिई रोजगारीमा अभिवृद्धि गर्ने, आय आर्जनको अवसर प्रदान गर्ने कार्यमा यस केन्द्रले योगदान पुर्याएको छ । नेपालको भौगोलिक भू–बनोटले गर्दा उत्तरी हिमाली जिल्ला त्यसमा पनि मुस्ताङ्ग, डोल्पा, जुम्ला र हुम्लामा स्याउ खेती तथा तरकारी बीउ उत्पादनको ठूलो सम्भावना रहेको छ ।

      २०६१ श्रावणबाट नयां संरचना अनुसार यस केन्द्रलाई बाली विशिष्ट नाम दिई शितोष्ण तरकारी बीउ उत्पादन केन्द्र नामाकरण गरिएको छ । हाल यस केन्द्रको प्राविधिक, आर्थिक एवं प्रशासनिक कार्य तरकारी विकास निर्देशनालयको मातहतमा रहेको छ ।

उद्देश्य

  • डोल्पा स्नोबल काउली, टोकिनासी मुला, मार्फा चौडापात रायो, फोर्ड हुक जायन्ट स्वीसचार्ड, न्यूकोरोडा गाजर जस्ता तरकारी बालीको मूल तथा उन्नत बीउ उत्पादनगरी कृषकस्तरमा बिक्री वितरण गर्ने ।
  • यस केन्द्र वरपरका कृषकहरूको खेती बारीमा भएको तरकारी र फलफूल खेतीमा देखा परेका समस्याबारे प्राविधिक सरसल्लाह दिने ।
  • तरकारी बीउ उत्पादन तर्फ तालिम कार्यक्रम आयोजनागरी कृषकहरूलाई गुणस्तरीय बीउ उत्पादन गर्ने बारे जानकारी दिने ।
  • यस भेगमा हुने विभिन्न तरकारी बालीका जात संकलन तथा सम्वद्र्धन गर्ने ।
  • गरिबी, अशिक्षा र अज्ञानताको कारणबाट तरकारी खाने बानी नपरेका जिल्लाका अधिकांश मानिसहरूलाई ताजा तरकारी खाने बानी बसाली उनीहरूको स्वास्थ्यमा क्रमिक सुधार ल्याउने ।
  • नीजि क्षेत्रमा वृहद रूपमा ताजा तरकारी एवं तरकारी बीउ उत्पादन गर्ने बानी बसाली कृषकहरूको आय श्रोत बढाई जीवनस्तरमा सुधार ल्याउने ।

केन्द्रको भौगोलिक स्थिति

                यो केन्द्र नेपालको मध्य–पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत कर्णाली अञ्चलको डोल्पा जिल्ला जुफाल गा.वि.स. वडा नं. १ मा समुन्द्र सतहबाट करिब २४८५ मिटरको उचाईमा अवस्थित छ ।

हावापानी

                केन्द्रको हावापानी शितोष्ण किसिमको छ । यहांको अधिकतम तापक्रम २२ डि.से., न्यूनतम तापक्रम —२० डि.से. एवं वार्षिक वर्षा ९०० देखि ११०० मि.मि. रहेको छ ।

 

 

 

क्षेत्रफल र भू–उपयोग

                यस केन्द्रको क्षेत्रफल करीब २.० हेक्टर (२० रोपनी) छ । जसमा कार्यालय भवन, आवास भवन पर्दछन् भने तरकारी प्रजनन तथा मूल बीउ उत्पादन, तरकारी बेर्ना उत्पादन, जातिय सम्वद्र्धन, तरकारी बाली संग्रहालय आदि कार्यक्रम संचालनमा छन् ।


 

फोन नम्बर :

इमेल : dasarathpanday@yahoo.com

कार्यालय प्रमुख: दशरथ पाण्डे

मोबाइल नम्बर : ९८६७१३२११६

सम्पर्क ब्यक्ति:

मोबाइल नम्बर :

 

कार्यसम्पादन सम्झौता

साइटम्याप


महत्वपूर्ण लिंक्सहरु


Contact US


Ministry of Agricultural Livestock Development

राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्र
खुमलटार ललितपुर
फोन : ०१-५५२३७०१,०१-५५४०९९३
फ्याक्स : ९७७-१-०१५५४०९९३
इमेल : info@ncpvs.gov.np
vdd.gov.np@gmail.com

© National Center for Potato, Vegetable and Spice Crops Development
Audio Notice Board No : 1618-5523701
Toll Free Number : 1660-01-55551