नेपाल सरकार
कृषि विकास मन्त्रालय

कृषि बिभाग

तरकारी विकास निर्देशनालय

खुमलटार ललितपुर

मसला वाली विकास केन्द्र, पाँचखाल, काभ्रेपलाञ्चोक

परिचय

                मध्य पहाडी क्षेत्रको उपोष्ण हावापानीमा हुने बागवानीजन्य बालीहरुको विकास र प्रसार गरी यस क्षेत्रका किसानहरुको जीवनस्तर उठाउने उद्देश्यले नेपाल सरकारले आ.व.२०३१÷३२ सालमा काभ्रे जिल्लाको पांचखाल गा.वि.स. वडा नं. ६ स्थित तामाघाटमा वृहत बागवानीको रुपमा यस केन्द्रको स्थापना गरेको हो । पछि वृहत शब्द हटाएर यसको नाम बागवानी फार्म राखियो । नेपाल सरकारको निर्णयअनुसार २०४९ सालमा यस केन्द्रलाई निजीकरण गर्ने अभिप्रायले लिजमा दिइएको थियो । तर लिजमा गएको दुई वर्ष नपुग्दै यस केन्द्रमा रहेका भौतिक, वानस्पतिक संरचना देखि विभिन्न बालीका बहुमूल्य जर्मप्लाज्महरु नष्ट भए फलस्वरुप २०५१ सालमा सरकारले यस केन्द्रलाई पुन  फिर्ता लिई प्राविधिक एवं प्रशासनिक कार्य फलफूल विकास निर्देशनालयको मातहतमा रहने गरी कार्यक्रम संचालन गरेको थियो । २०६१ श्रावणबाट नयां संरचना अनुसार यस केन्द्रलाई बाली विशिष्ट नाम दिई मसलाबाली विकास केन्द्र नामाकरण गरिएको छ । साथै हाल यस केन्द्रको प्राविधिक, आर्थिक एवं प्रशासनिक कार्य तरकारी विकास निर्देशनालयको मातहतमा रहेको छ ।

                यस केन्द्रले प्रत्यक्ष रुपमा आप्mनो प्रभाव क्षेत्रमा पर्ने जिल्लाहरु काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछापमा तथा अप्रत्यक्ष रुपमा पूर्व मेचि देखि पश्चिम महाकालीसम्म नै कृषकवर्गमा सेवा प्रदान गर्दै आई रहेको छ । स्थापनाकाल देखि नै यस केन्द्रले तरकारी, आलु, फलपूmल, कफी, अदुवा, बेसार आदिको बीउ÷बेर्ना÷बिरुवा उत्पादन एवं बिक्री वितरण, बागवानीजन्य बाली सम्बन्धी अध्ययन परीक्षण, पूmलका बेर्ना उत्पादन, बिक्री वितरण, स्थलगत तालिम, बगैंचा तथा निजी नर्सरी निरीक्षण आदि कार्य गर्दै आई रहेको छ ।

उद्देश्य

  • निर्यातमुखी मसलाबाली खेती गर्ने तर्पm कृषकहरुलाई अभिप्रेरित गर्ने ।
  • उन्नत जातका विभिन्न तरकारी बालीका बीउ÷बेर्नाहरु उत्पादनगरी कृषकहरुलाई मौसमी तथा बेमौसमी तरकारी खेती गर्न प्रोत्साहित गर्ने ।
  • उपोष्ण हावापानीमा हुने सदाबहार फलपूmलका बिरुवाहरु उत्पादनगरी कृषकहरुलाई वितरण गर्ने ।
  • बढी मोल जाने तरकारी बाली, कफी बिरुवा तथा मसलाबाली खेतीको माध्यमबाट आय स्तरमा सुधार हुने भन्ने तथ्य कृषकहरुलाई जानकारी गराई त्यस तर्पm अघि बढ्न अग्रसर गराउने ।
  • कुपोषणबाट बच्न खानामा दैनिक तरकारी, मसला तथा फलपूmलको प्रयोग गर्ने बानी बसाल्न मानिसहरुमा प्रचार प्रसार गर्ने ।

केन्द्रको भौगोलिक स्थिति

      यस केन्द्र नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती अञ्चलको काभ्रे जिल्लामा नेपालको राजधानी काठमाण्डौबाट करिब ४३.५ कि.मी. दक्षिण पूर्व पांचखाल गा.वि.स. वडा नं ६ स्थित तामाघाटमा समुन्द्र सतहबाट करिब ८६५ मिटरको उचाईमा अवस्थित छ ।

हावापानी तथा माटो ः

केन्द्रको हावापानी उपोष्ण किसिमको छ । यहांको औसत उच्चतम तापक्रम २२ – २३०ऋ, न्यूनतम तापक्रम १७ –१९ डि.से.  एवं औसत वार्षिक वर्षा ९५० देखि १५०० मि.मि. रहेको छ । केन्द्रको माटो चिम्टाइलो दोमट किसिमको, पि.एच. मान ४.७ – ५.५ र माटोमा प्राङ्गारिक पदार्थ २.०∞ – ३.५∞ रहेको छ।

क्षेत्रफल र भू–उपयोग

यस केन्द्रको कुल क्षेत्रफल करिब ७.५ हेक्टर (१५० रोपनी) छ । जसमा कार्यालय भवन, आवास भवन, तालिम भवन, गोदाम घर पर्दछन् भने मसला तथा तरकारीको बीउ उत्पादन, फलपूmल तथा तरकारीका बिरुवा÷बेर्ना उत्पादन, जातिय सम्वद्र्धन, तरकारी बाली संग्रहालय आदि कार्यक्रम संचालनमा छन् ।

 

तरकारी बीउः तथा बेर्ना तथा फलफुलका बिरुवा हरुको मुल्य सुचि


फोन नम्बर : ०११-६६३०३४

इमेल : scdcpanchkhal@gmail.com

कार्यालय प्रमुख: सुरेन्द्र प्रसाद रीजाल

मोबाइल नम्बर : ९८४१४०६८२९

सम्पर्क ब्यक्ति: विष्णु बोगटी

मोबाइल नम्बर : ९८४१३६५१६४

 

कार्यसम्पादन सम्झौता

 

साइटम्याप


महत्वपूर्ण लिंक्सहरु


Contact US


Ministry of Agricultural Development

तरकारी बिकास निर्देशनलय
खुमलटार ललितपुर
फोन : ०१-५५२३७०१,०१-५५४०९९३
फ्याक्स : ९७७-१-०१५५४०९९३
इमेल : info@vdd.gov.np
vdd.gov.np@gmail.com

© Vegetable Development Directorate
Audio Notice Board No : 1618-5523701
Toll Free Number : 1660-01-55551