नेपाल सरकार
कृषि विकास मन्त्रालय

कृषि बिभाग

तरकारी विकास निर्देशनालय

खुमलटार ललितपुर

कन्दमुल तरकारी विकास केन्द्र, सिन्धुली

परिचय

      सिन्धुली जिल्लाको सदरमुकाममा रहेको यस केन्द्रलाई बीचमा बग्ने ग्वाङ्ग (गामती) खोलाले सिन्धुलीमाढी बजारबाट छुट्याएको छ । २०३१ साल भाद्र १ गते यसको विधिवत् स्थापना भएको हो । स्थापना कालमा बाली प्रदर्शनको माध्यमले कृषकहरुलाई जागरुक गर्ने र विभिन्न बालीहरुको उन्नत बीउ उत्पादन गरी कृषकहरुलाई स्वस्थ बीउ/विजन बिक्री वितरण गरी कृषि उत्पादनमा वृद्धि ल्याउने काममा यस केन्द्रले मद्दत पुरयायो । आ.व. २०३८/३९ देखि यसका कृयाकलापहरु बाली प्रदर्शन र बीउ उत्पादनमा मात्र सिमित नरही सुन्तलाजात फलपूmलको एक प्रमुख बाली जुनार खेती सिन्धुली र रामेछाप जिल्लाको अधिकांस भू–भागमा विकास र विस्तार गर्न सक्ने सम्भावनालाई ध्यान दिई फार्म भित्र र निजी क्षेत्रमा गुणस्तरीय बिरुवा उत्पादन गरी बिरुवाको माग आपूर्ति गर्ने र जुनार खेती सम्बन्धि अन्य प्राविधिक सेवा पु¥याउने महत्वपूर्र्ण काम पनि यस केन्द्रको कार्य क्षेत्र भित्र थपियो । यस क्षेत्रमा बागवानीको समग्र विकासका अपरिहार्यतालाई महसुस गरी २०४७ मा यसको नाम कृषि फार्मबाट बागवानी फार्ममा परिणत गरियो र सोही लक्ष्य अनुरुप कार्यक्रमहरु संचालन गरी बागवानीको सर्वतोमुखी विकासमा संलग्न रही आएको छ । २०५२ साल देखि यसको नाम बागवानी केन्द्र्र सिन्धुलीमा परिणत भएकोमा हाल आ.व.२०६०/६१ देखि कन्दमूल तरकारी विकास केन्द्रमा परिणत भएको छ र यस केन्द्रको प्राविधिक, आर्थिक एवं प्रशासनिक कार्य तरकारी विकास निर्देशनालयको मातहतमा रहेको छ ।

 

उद्देश्य

  • कन्दमूल तरकारी संकलन संरक्षण र सम्वद्र्धन गरि उपयुक्त जातीय छनोट तथा विकास विस्तार गर्ने कार्यमा प्राथमिकता दिने ।
  • उच्च गुणस्तरका फलपूmलका बिरुवा, तरकारी बीउ÷बेर्नाहरु उत्पादन गरी बिक्री वितरण गर्ने ।
  • सिन्धुली र रामेछाप जिल्लाका कृषकहरुलाई कन्दमूल तरकारी एवं फलपूmल (विशेषतः जुनार) खेतीमा प्राविधिक सेवा पु¥याउने ।
  • कन्दमूल तरकारी एवं फलफूलमा उत्पादन, भण्डारण तथा प्रशोधन सम्बन्धि प्रविधि विकास गर्ने ।

केन्द्रको भौगोलिक स्थिति

यो केन्द्र नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत जनकपुर अञ्चलको सिन्धुली जिल्ला कमलामाई नगरपालिका ४, मधुटारमा समुन्द्र सतहबाट करिब ४५० मिटरको उचाईमा अवस्थित छ । पूर्वमा ग्वाङ खोला र माढी बजार, पश्चिममा जंगल, उत्तरमा धुरा बजार, दक्षिणमा मधुटार यस केन्द्रका सिमाना रहेका छन् ।

हावापानी

केन्द्रको हावापानी उष्ण मनसुनी किसिमको छ । यहांको औसत अधिकतम तापक्रम ३७०ऋ, न्यूनतम तापक्रम ३.५०ऋ एवं औसत वार्षिक वर्षा २००० देखि २१०० मि.मि. रहेको छ ।

क्षेत्रफल र भू–उपयोग

यस केन्द्रको कूल क्षेत्रफल ६.६५ हेक्टर (१३३ रोपनी) रहेकोमा भू–उपयोग यस प्रकार छ ः–

कार्यालय भवन       ०.५ हे.

आवास भवन         ०.५ हे.

नाला, सडक र चौर    ०.४ हे.

जंगल (भूईंकटहर) र आंप बगैंचा       २.६ हे.

लिची बगैंचा   ०.६ हे.

मिश्रित फलपूmल बगैंचा       १.० हे.

माउवोट बगैंचा (आंप, लिची)    ०.०५ हे.

फलफूल बगैंचा (मेकाडेमियानट, एभोकाडो र अनार) ०.२ हे.

तरकारी ब्लक  ०.५ हे.

कूल जम्मा    ६.६५ हे.

 


फोन नम्बर : ०४७-५२०१२२

इमेल : kandamulsindhuli@gmail.com

कार्यालय प्रमुख: विनोद शाह

मोबाइल नम्बर : ९८४१७०९६९५

सम्पर्क ब्यक्ति:

मोबाइल नम्बर :

 

कार्यसम्पादन सम्झौता

 

 

 

साइटम्याप


महत्वपूर्ण लिंक्सहरु


Contact US


Ministry of Agricultural Development

तरकारी बिकास निर्देशनलय
खुमलटार ललितपुर
फोन : ०१-५५२३७०१,०१-५५४०९९३
फ्याक्स : ९७७-१-०१५५४०९९३
इमेल : info@vdd.gov.np
vdd.gov.np@gmail.com

© Vegetable Development Directorate
Audio Notice Board No : 1618-5523701
Toll Free Number : 1660-01-55551