नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि बिभाग

राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्र

खुमलटार ललितपुर

आलु वाली विकास केन्द्र, हुम्ला

परिचय

 

                चौथो पञ्चवर्षिय योजना अवधिमा कृषि क्षेत्रमा बागवानी विकासको अध्ययनगरी बागवानी विकासको सम्भाव्यता देखिएकोले हुम्ला जिल्लामा नेपाल सरकारले २०२८ साल मार्ग ९ गते यस केन्द्रको स्थापना गरेको हो । स्थापना काल देखि विभिन्न भौगालिक, सामाजिक, आर्थिक समस्याका बावजुद आफ्नो कार्यक्रम संचालनगरी जनमुखी भई सकेको अवस्थामा आ.व.२०४९/५० देखि २०५२/५३ भाद्र मसान्त सम्म यो केन्द्र निजीकरणमा गएको थियो । आ.व.२०५२/५३ को आश्विन १ गतेबाट कृषि विभागको पुनः प्रत्यक्ष संचालनमा भएता पनि जनशक्ति र बजेट व्यवस्था हुन नसकेकोले २०५३ आषाढ मसान्त सम्म जिल्ला कृषि विकास कार्यालय, हुम्लाको साधारण रेखदेखमा रह्यो ।

      आ.व.२०५३/५४ मा फलफूल विकास महशाखाको अग्रसरतामा बजेट व्यवस्था भए पश्चात् कर्मचारीहरुको व्यवस्था नभए सम्मका लागि विभिन्न फार्म÷केन्द्रहरुबाट प्राविधिक कर्मचारीहरु काजमा सरुवा गरी कार्य संचालन गराइएको थियो भने २०५८ साल चैत्र महिना देखि कूल १३ जना कर्मचारीहरुको दरवन्दी श्रृजना गरी कार्य संचालन हुंदै आई रहेकोमा २०६१ बैशाख देखि लागू भएको नयां विभागीय संरचना अनुसार यस केन्द्रको नाम आलु बाली विकास केन्द्र, दार्मा रहन गएको छ । हाल यस केन्द्रको प्राविधिक, आर्थिक एवं प्रशासनिक कार्य तरकारी विकास निर्देशनालयको मातहतमा रहेको छ ।

केन्द्रको भौगोलिक स्थिति

                यो केन्द्र हुम्ला जिल्लाको सदरमुकाम सिमिकोटबाट ४३ कोष दक्षिण पूर्व र मुगु जिल्लाको सदरमुकाम गमगडी देखि १८ कोष उत्तर पश्चिममा २९० उत्तरी अक्षांश तथा ८२० पूर्वी देशान्तर एवं समुद्र सतहदेखि २२३० मिटर उचाईमा दार्मा गा. वि.स. वार्ड नं २ लुम भन्ने स्थानमा अवस्थित छ ।

हावापानी  तथा माटो

                केन्द्रको हावापानी शितोष्ण किसिमको छ । यहांको औसत अधिकतम तापक्रम २६ डि.से., न्यूनतम तापक्रम ९ डि.से एवं वार्षिक वर्षा १००० देखि १२०० मि.मि. रहेको छ । वर्षा हुने समय आषाढ देखि आश्विन १५ सम्म, तुषारो आश्विन अन्त्य देखि चैत्र सम्म, हिमपात मार्गशिर्ष देखि बैशाख सम्म हुने गर्दछ । घाम लाग्ने समय वर्षा याममा बिहान ९ः४५ देखि बेलुका ५ः३० सम्म हिउंद याममा बिहान ११:३० देखि बेलुका ३:२० सम्म हो । केन्द्रको माटो चिम्टाइलो दोमट किसिमको र पि.एच. मान ६.५–७.५ रहेको छ ।

क्षेत्रफल र भू–उपयोग

                यस केन्द्रको कूल क्षेत्रफल २१ हेक्टर (४२० रोपनी) रहेकोमा भू–उपयोग यस प्रकार छ

 

                आलु उत्पादन क्षेत्र     ०.५ हे.

                ओखर बगैंचा                   ४.५ हे.

                स्याउ बगैंचा                   २.० हे.

                आरु बगैंचा                    ०.६ हे.

                आरुबखडा बगैंचा      ०.५ हे.

                नर्सरी क्षेत्र                     ०.९ हे.

                कार्यालय तथा आवास क्षेत्र     १.० हे.

                भीर, पाखा, जंगल क्षेत्र                  ११.० हे.

                कूल जम्मा          २१.० हे.

 


फोन नम्बर :

इमेल : cmadhavraj@gmail.com

कार्यालय प्रमुख: भक्त बहादुर रेक्काय

मोबाइल नम्बर : ९८४८३०९३१५, ९७४८९१०४६२

सम्पर्क ब्यक्ति: माधव राज चौलागाइ

मोबाइल नम्बर : ९६३८९६५३४३, ९८४८३१५२४८

 

कार्यसम्पादन सम्झौता

 

 

 

साइटम्याप


महत्वपूर्ण लिंक्सहरु


Contact US


Ministry of Agricultural Livestock Development

राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्र
खुमलटार ललितपुर
फोन : ०१-५५२३७०१,०१-५५४०९९३
फ्याक्स : ९७७-१-०१५५४०९९३
इमेल : info@ncpvs.gov.np
vdd.gov.np@gmail.com

© National Center for Potato, Vegetable and Spice Crops Development
Audio Notice Board No : 1618-5523701
Toll Free Number : 1660-01-55551