नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि बिभाग

राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्र

खुमलटार ललितपुर

वागवानी केन्द्र जौवारी, इलाम

परिचय

                नेपाल–भारत सहयोग कार्यक्रम अन्तर्गत वि.स. २०२४ सालमा आलु विकास केन्द्र, जौबारी, (जौवारी फार्म ) को नाममा स्थापना भए देखि करिव १० वर्ष सम्म वीउ आलु उत्पादन कार्य सञ्चालन गरिएको थियो । आ.व. २०३५।०३६ देखि व्यवस्थापकीय त्रुटि र आलुवालीका रोगका कारण कुनैपनि सरकारी कार्यक्रमहरु संचालन हुन नसकेकाले यस फार्मलाई पूनः सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न मिति २०६९।१०।०५ मा नेपाल सरकार (मन्त्रीस्तरीय) को निर्णयवाट (TOR) सहित Multi Sector Expert सम्मिलित ११ सदस्यीय टोली गठन गरिएको थियो । सो अध्ययन पश्चात नेपाल सरकारको मिति २०७१ /०४/०९ को निर्णय अनुसार  बागवानी केन्द्र, जौबारी, ईलाम नामाकरण गरि कार्य सञ्चालन भैरहेको छ ।

भौगोलिक अवस्थिती

                समुन्द्र सतहवाट करिव २४०० मि. देखि २९०० मि. उचाइमा रहेको यो केन्द्र इलाम जिल्लाको जमुना गा.वि.स. वडा नं. ७ र जोगमाई गा.वि.स. वडा नं. ३ मा अवस्थित रहेको छ । यस केन्द्रको पूर्वमा गोर्खे गा.वि.स., पश्चिममा माबु गा.वि.स., उत्तरमा भारतको पश्चिम बंगाल, दार्जलिङ्गको फलोट र दक्षिणमा प्याङ गा.वि.स. पर्दछन् । यो केन्द्र जिल्ला सदरमुकाम इलाम बजारवाट (नयाँबजार हुंदै) ३६ कि.मि., इलाम फिक्कल बजारवाट (पशुपतीनगर हुंदै)  २४ कि.मि. र भारतीय सिमा क्षेत्र मानेभन्ज्याङ्गवाट १६ कि.मि. टाढा पर्दछ । यस केन्द्रको जमिनको तल्लो र मध्य भाग  खेती गर्न सकिने भिरालो र कतैकतै सम्मो टारहरु छन् भने माथिल्लो भाग बढी भिरालो, बन क्षेत्र र नाङगा÷खाली पाखाहरु रहेका छन् ।

जलवायु

                उचाईको हिसावले लेकाली प्रकृतिको समशितोष्ण देखि शितोष्ण प्रदेशिय हावापानी रहेको यस केन्द्रमा हिउँदमा तषारो पर्ने तथा बाक्लो हिमपात हुने, गृष्ममा असिना पर्ने तथा वर्षात्मा धेरै वर्षा हुने र प्रायः मौसम धमिलो रही रहने खालको हुन्छ ।

सिचाईको स्थिति

                फार्म नजिक ठूलो मात्रामा सिंचाईको भरपर्दो श्रोत÷सुविधा नभएको तर तल्लो क्षेत्र (ताल पोखरी) र फार्म भवनहरु रहेको क्षेत्र आसपासका खोल्सा खोल्सीहरुवाट ठाउँ ठाउँमा पोखरी बनाएर पानी जम्मा गरी सामान्य सिंचाई गर्न सकिने ।

 


फोन नम्बर :

इमेल : hrtjaubari072@gmail.com

   कार्यालय प्रमुख: उमानाथ भण्डारी

   मोबाइल नम्बर : ९७४२६७७५३७

सम्पर्क ब्यक्ति:

मोबाइल नम्बर :

 

कार्यसम्पादन सम्झौता

साइटम्याप


महत्वपूर्ण लिंक्सहरु


Contact US


Ministry of Agricultural Livestock Development

राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्र
खुमलटार ललितपुर
फोन : ०१-५५२३७०१,०१-५५४०९९३
फ्याक्स : ९७७-१-०१५५४०९९३
इमेल : info@ncpvs.gov.np
vdd.gov.np@gmail.com

© National Center for Potato, Vegetable and Spice Crops Development
Audio Notice Board No : 1618-5523701
Toll Free Number : 1660-01-55551